अमेरिका । नेपाली समाज टेक्सस (एनएसटी) को अध्यक्षमा पुनः राजेन्द्र वाग्ले निर्वाचित भएका छन् । उनले अब २ वर्ष संस्थाको नेतृत्व गर्ने भएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनको नतिजा आइतबार बिहान प्रकाशित हुँदा ८८५ मतसहित वाग्ले अध्यक्षमा निर्वाचित भएका हुन् । पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाएका छन् ।
नेपाली समाज टेक्ससमा सदस्य रहेका दुईहजार ५ सय १२ सदस्यमध्ये एकहजार ५ सय ६४ जनाले मतदान गरेका थिए ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल, सचिवमा पुण्य पाण्डे, कोषाध्यक्षमा रामकृष्ण यादव, सहकोषाध्यक्षमा गोबिन्दराज जोशी, युवा संयोजकमा प्रविश श्रेष्ठ, स्पोर्टस संयोजकमा निलेश श्रेष्ठ निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा साबित्री भण्डारी र महिला संयोजकमा शान्ताकुमारी गिरी निर्विरोध भएका थिए ।
त्यस्तै कार्यसमितिका सदस्यहरुमा राधिका खराल, राधा अधिकारी पौडेल, रमेश अधिकारी, जीवलाल भुसाल र मनोज धिताल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्