नेपाल । त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो । त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो ।
त्यस्तै सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्