अमेरिका । अमेरिकाले सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन खुला गरेको छ ।
असोज १६ गते राति ९ः४५ बजेदेखि खुला भएको डीभी आवेदनको म्याद कात्तिक २० गतेसम्म दिन सकिनेछ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति निकालेर आवेदन निःशुल्क भएको जनाएको छ । दूतावासले आवेदनका लागि परामर्शदाताको आवश्यकता नपर्ने भएकाले अरूको परामर्श नलिन पनि सुझाव दिएको छ। बरु आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सुझाएको छ ।
आवेदन फारममा श्रीमान्–श्रीमती तथा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । डीभीका लागि हालसालै खिचिएको फोटो आवश्यक भएको जनाइएको छ । विगतमा डीभी भर्न राहदानी आवश्यक पर्ने गरेको थियो । अहिले भने राहदानी विना नै डीभी भर्न सकिन्छ ।
डीभी परे–नपरेको जानकारी २०८२ वैशाख २० गतेपछि प्राप्त हुने जनाइएको छ । अमेरिकाले डीभी कार्यक्रम अन्तर्गत विश्वका कैयौं देशबाट हरेक वर्ष सयौं व्यक्तिलाई अमेरिकामा स्थायी बसोबासको अनुमति दिंदै आएको छ । नेपाली पनि हरेक वर्ष यो कार्यक्रम अन्तर्गत छानिएर अमेरिकामा स्थायी बसोबासमा गइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्