३ माघ २०८१, बिहीबार

बाढीपीडित नेपालीहरुका लागि एनआरएनएले १ करोड सहयोग गर्ने

कोलोराडोखबर संवाददाता , September 30th, 2024

नेपाल । भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावित नेपालीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

संघका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतवार भएको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढी पीडितहरूको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ । समितिमा संघका विभिन्न पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् ।

अध्यक्ष डा. केसीले जानकारी गराएअनुसार, एनआरएनएले राष्ट्रिय समितिहरूको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्