८ बैशाख २०८२, सोमबार

टी-२० क्रिकेटमा नेपालले ओमानलाई ३७ रनले हरायो

कोलोराडोखबर संवाददाता , September 30th, 2024

अमेरिका । टी-२० क्रिकेट खेलमा आइतबार राती नेपालले ओमानलाई ३७ रनले हराएको छ ।

त्रिकोणात्मक शृंखलाको यो खेलमा नेपालका लागि गुल्सन झाले अलराउन्ड प्रदर्शन गरे । एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान एक सय ३९ रनमा अलआउट भएको थियो ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन जोडेको थियो ।

नेपालका लागि गुल्सन झाले १७ बलमा ४०, कुशल मल्लले २६ बलमा ३०, अनिल शाहले २१ बलमा २७, आरिफ शेखले २२ बलमा २७, कुशल भुर्तेलले १७ बलमा २० र दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए । नेपालले अन्तिम ५ ओभरमा ७८ रन जोडेको थियो ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपाल शनिबार राती क्यानडासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्