कोलोराडो । येंयाः इन्द्र जात्रा २०२४ को अवसरमा कोलोराडोको इतिहासमै पहिलोपल्ट कुमारी रथ तानेर जात्रा मनाइएको छ । उक्त रथ निर्माणमा मुख्य भूमिका निभाउने सुरेश श्रेष्ठलाई जात्रामा सुभाय् पौ (Certificate of Appreciation) ले सम्मान गरियो ।
त्यस्तै गरेर रथ निर्माणकै लागि अन्य ९ जना सहयोगीहरू सुरेन्द्र महर्जन, रमिता तुलाघर, रमेश सैंजु, जगत महर्जन, रोशन महर्जन, नारायण प्रसाद दुवाल, अनिल बज्राचार्य, मनोज काजी तुलाधर तथा सञ्जय शाक्यलाई पनि सम्मान गरिएको कोलोराडो नेवाः खलःका अध्यक्ष भूषण लाल श्रेष्ठले बताएका छन् ।
कोलोराडोमा पहिलोपल्ट कुमारीको रथ तान्दै भब्यरूपमा मनाइयो इन्द्रजात्रा (फोटो फिचरसहित)
नेपाली सॉंस्कृतिक केन्द्र (नेपाली घर) मा आयोदित इन्द्र जात्रामा वेस्टमिन्स्टर सिटीका मेयर नान्सी म्याकलानीले कुमारी रथ तानेर जात्राको शुभारम्भ गरिएको थियो । नेपलिज स्टुडेन्ट एशोसियशन यूनिभर्सिटी अफ कोलोराडो (बोल्डर) का विद्यार्थीहरूले स्वयंसेवकको रूपमा सहभागिता जनाएका थिए ।
कोलोराडो सक्रिय संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सविता श्रेष्ठ तथा रमिता तुलाधरले सञ्चालन गरेको कार्यक्रमलाई खलःका अध्यक्ष भूषण लाल श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । जात्रामा करिब एक हजार नेपाली तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
-तस्विरः नातिबाबु भट्ट
प्रतिक्रिया दिनुहोस्