नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकहरुमा असन्तुष्टी बढ्दै गएको बताएका छन् ।
महामन्त्री थापाले शनिबार पाल्पामा आयोजित कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारमा कांग्रेस भएका बेला नागरिक चरम असन्तुष्ट भएको बताएका हुन् ।
थापाले नेपाली जनतालाई झुक्काउने मात्र काम भएकाले निराशा छाएकाले अब सुशासन र भ्रष्टाचार न्यूनिकरण गरेको देखाउनुपर्ने बेला आएको धारणा राखे ।
२०४६ सालपछि बनेका सरकार, उच्च प्रशासकहरुको सम्पत्ती उच्चस्तरीय छानविन समिति बनाएर उसको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाई छ ।
महामन्त्री थापाले भ्रष्टाचार र कुशासन अन्त्यका लागि कांग्रेस पार्टीभित्रै पनि लड्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्