११ आश्विन २०८१, शुक्रबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै

कोलोराडोखबर संवाददाता , September 27th, 2024

नेपाल । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो २ बजे बैठक बोलाएका हुन् ।

बैठक देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्