११ आश्विन २०८१, शुक्रबार

नेपालमा एक खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब

कोलोराडोखबर संवाददाता , September 27th, 2024

नेपाल । साउन महिनामा एक खर्ब ३७ अर्ब रुपैया बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १८ प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ पुगेको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

यता चालु आर्थिक वर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्