११ आश्विन २०८१, शुक्रबार

अमेरिकाको हर्किलिस सिटीको काउन्सिलर पदमा डिल्ली भट्टराईको उम्मेदवारी

कोलोराडोखबर संवाददाता , September 25th, 2024

अमेरिका । अमेरिकाको क्यालिफोर्नियास्थित हर्किलिस सिटीको काउन्सिलर पदमा डिल्ली भट्टराईले उम्मेदवारी दिएका छन् ।

नोभेम्बर ५ मा हुने निर्वाचनमा उम्मेदवारी दिएका भट्टराई यसअघि हर्किलिस सिटीको प्लानिंग कमिशनरको रुपमा कार्यरत थिए ।

भट्टराईले गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्वउपाध्यक्ष पनि हुन् ।

भट्टराइको उम्मेदवारीलाई लेवर काउन्सिल र डेमोक्र्याट पार्टीबाट अनुमोदन भइसकेको छ भने सिटीका पूर्वपदाधिकारी एवं प्रभावशाली व्यक्तिहरुबाट पनि इन्डोर्समेण्ट आइसकेको छ ।

भट्टराईको उम्मेदवारीलाई नेपालीहरुको पुरानो संस्था न्यान्स, नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया लगायतका संघसंस्था र बे एरियाका प्रवुद्ध समूहले अनुमोदन गरिसकेका छन् ।

लामो समयदेखि बे एरियामा बसोवास गर्दै आएका भट्टराईले हर्किलिस हाई स्कुल पिटिओ बोर्डमा उपाध्यक्षको हैसियतमा काम गरिसकेका छन् ।

नेपाली समाजका अगुवाहरुले भट्टराइको उम्म्दवारीले सबै नेपालीहरुको लागि गौरव र प्रतिष्ठाको विषय भएको बताउँदै आएका छन् । भट्टराइको उम्मेदवारीलाई हर्किलिसमा बसोवास गर्ने भारतीयमुलका पंजावी र फिलिपिनो समुदायले पनि अनुमोदन गरिसकेको खबर आएको छ ।

समुदायको सामाजिक सुरक्षा, साना ब्यवसायको विकास, आर्थिक स्थायित्व र इन्क्लुसिभ कम्युनिटीलाई चुनावी एजेण्डाको रुपमा अघि सारेका भट्टराईले चुनावी अभियान सकारात्मक रूपमा अघि बढेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्