८ बैशाख २०८२, सोमबार

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कोलोराडोखबर संवाददाता , September 24th, 2024

नेपाल । सहकारी ठगी प्रकरणमा पक्राउ गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं पूर्व डीआईजी जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

आइतबार काठमाडौँमा पक्राउ परेका जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि प्रहरीले अदालतमा लगेकामा पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौबाट नियन्त्रणमा लिएर राति पोखरा पुर्याएको थियो ।

गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

समितिले प्रतिवेदनमा गोरखा मिडियाका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिसकेको छ । समितिले चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका दफा आकर्षित हुने निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्