कोलोराडो । तमु प्ये ल्हु संघ अमेरिका, कोलोराडोले तमु (गुरुङ) हरुको महान चाडपर्व सप्ह्री ल्होसार मनाउने भएको छ ।
आगामी डिसेम्बर ३० तारिक सोमबारका दिन कोलोराडो राज्यको बोल्डर शहरमा नेपाली राष्ट्रिय चाड तथा तमु (गुरुङ) हरुको महान चाडपर्व सप्ह्री ल्होसार मनाउने लागिएको हो ।
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ भन्ने भनाईलाई आत्मसात गर्दै अमेरिका राज्य तथा महाद्विपमा बसोबास गर्ने तमु (गुरुङ) जातिको धर्म, संस्कार, संस्कृति, परम्परा, भाषा, भेषभुषा आदी संरक्षण र अनुसन्धान, प्रबर्धनसँगै सामाजिक, शिक्षा, आर्थिक, बिकास बृद्धिमा टेवा दिने उद्देश्यले तमु प्ये ल्हु संघ अमेरिका, कोलोराडो स्थापना भएको हो ।
प्रतिक्रिया दिनुहोस्