नेपाल । शमी साहित्य प्रतिष्ठानले विभिन्न स्रष्ठाहरुलाई सम्मान गरेको छ ।
शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा प्रतिष्ठानले नेपाली साहित्य जगतमा विशेष योगदान गर्ने स्रष्ठाहरुलाई शमी साहित्य साधनाबाट सम्मान गरेको हो ।
सम्मानित हुने स्रष्ठाहरुमा कृष्ण गौतम, राप्रउ पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेमविनोद नन्दन र प्राडा कृष्णप्रसाद दाहाल रहेका छन् । उनीहरुलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनही रु. ५० हजारसहित ताम्रापत्रबाट पुरस्कृत गरेका हुन् ।
सोहि कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा लेखक÷साहित्यकार गंगाप्रसाद उप्रेतीद्वारा लिखित बन्दी जीवनका अत्यासलाग्दा कथाहरु लोकार्पण गरिएको छ ।
शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले सोह्रौ वर्षमा प्रवेश गर्दै गर्दा १८ जना स्रष्ठाहरुलाई सम्मान गरेको बताए ।
कार्यक्रममा लेखक तथा पूर्वकुलपति गंगाप्रसाद उप्रेती, प्राडा देवीप्रसाद नेपाल, डा. कृष्णहरी बराल, वैरागी काइला, डा. नवराज लम्साललगातय साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्