६ मंसिर २०८१, बिहीबार

अमेरिकाको कोलोराडोमा आयोजित कार्यक्रममा १४ जनाद्वारा रक्तदान

कोलोराडोखबर संवाददाता , September 20th, 2024

-नातिबाबु भट्ट (अमेरिका, कोलोराडो) । रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन् गर्दै कोलोराडोमा हालै सम्पन्न रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गर्नु भएको छ ।

ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो च्याप्टर र रिभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ को संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा रक्तदाताहरुको संख्या १४ रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ का मेडिकल डाइरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिनु भयो ।

यसरी स्वतस्फुर्त रक्तदान गर्नेहरु मध्ये टीका पौडेलले ३६औं पटक रक्तदान गर्नु भएको थियो भने अनिल बज्राचार्यले पहिलोपटक रक्तदान गरी पुण्यकर्मको सुरुवात गर्नु भएको थियो ।

त्यस्तै अन्य रक्तदान गर्नेहरुमा रामगोपाल श्रेष्ठ, भुषण श्रेष्ठ, श्रीराम लुईंटेल, बिनिता वाग्ले, सुजिता बस्नेत, सन्तोष थापा, लिजा श्रेष्ठ, बिमला पौडेल, Mark Morin, Marcus Lewis, Shannon Conner र Aaron Conner रहनु भएको थियो ।

रक्तदान जस्तो पूण्य कार्यमा भविष्यमा पनि लागी रहन अभिप्रेरित गर्दै सबै रक्तदान गर्ने महानुभावहरुलाई ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्