नेपाल । चर्चित गायक हेमन्त शर्माले नेपालीहरुको महान् चाड बडा दशैंको अवसर पारेर ‘आउथ्यो दशैं’ बोलको गीत बजारमा ल्याएका छन् ।
उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् ।
नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ ।
उक्त गीत गायक शर्माको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा गायक शर्मासंगै रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया र अलिसा राईको अभिनय रहेको छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।
लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्