१२ पुष २०८१, शुक्रबार

विश्वकप लिग-२ मा नेपाल क्यानडासँग १०३ रनले पराजीत

कोलोराडोखबर संवाददाता , September 17th, 2024

काठमाडौं । क्यानडाको किंग्स मैदान भएको विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ ।

टस जितेको नेपालले क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कठिन पीचमा नेपालले कसिलो बलिङ गरे पनि क्यानडाले २५३ रनको मजबुत स्कोर खडा गर्न सफल भयो । जवाफी ब्याटिङमा नेपाल १५० रनमै अलआउट भयो ।

नेपालका लागि करण केसीले २४ बलमा २७ रन र सन्दीप लामिछानेले १६ बलमा २२ रन बनाएका थिए । दुवैले २–२ छक्का प्रहार गरे ।

कुशल भुर्तेल १० बलमा १ रन बनाएर आउट भए । आसिफ शेख ३० बलमा २० रन बनाएर फर्किए भने भीम सार्कीले ३०बलमा १८ रन जोडे । कप्तान रोहित पौडेलले ५ रन, कुशल मल्लले १२ रन, दिपेन्द्रसिंह ऐरीले र८ रन, सोमपाल कामी छ रन बनाएर आउट भए ।

बलिङतर्फ नेपालका ललित राजवंशी र सोमपाल कामीले २–२ विकेट लिएका थिए ।

नेपाले अब अर्को खेल बुधबार ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्