नेपाल । पत्रकार तथा लेखक सुधीर शर्माका ‘भिक्षु, व्यापार र विद्रोहः नेपालको भोट–चीन सम्बन्ध र भारत’ र ‘हिमालपारिको हुरीः गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ कृति आइतबार सार्वजनिक गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र नेमकिपाकी डा. लीला न्याइच्याईले कृतिबारे चर्चा गर्नुभएको थियो ।
यी दुई पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्