कोलोराडो । नेपाली समाजमा महिलाहरु माझ सारी पहिरन को छुट्टै महत्व तथा महिमा छ । प्रवासमा बसेर जति सुकै पश्चिमी पहिरन अंगाले पनि सारी सित नेपाली महिला हरुको बिशेष सम्बन्ध छ ।
गत हप्ता अमेरिकाको कोलोराडो नेप्लिज कम्युनिटी र शेयर मिसन इन्टरनेसनलको संयुक्त आयोजनामा अरोरा शहरको ‘पिपुल्स बिल्डिङ’ मा ‘सारीका कथाहरु’ कार्यक्रम सम्पन्न भएको छ । विभिन्न चरणमा कार्यक्रम अबधिभर विभिन्न किसिमको सारी प्रदर्शनी पनि गरिएको थियो । जसमा हाकु पटासी, ढाका सारी, सिल्क सारी, दोपत्ता सारी, जेओर्जेत सारी, कटन सारी बिशेष थिए ।
संखुवासभा कम्युनिटी अफ युएसएका अध्यक्ष शान्ति श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको शुरुवात गर्नु भएको थियो । कोलोराडो नेप्लिज कम्युनिटीका फाउनडर तथा सीइओ बिनिशा श्रेष्ठले कार्यक्रमको बिस्तृत जानकारी तथा नेपाली समुदायलाई प्रवास माझ चिनाउन सो जमर्को गरिएको र अरोरा म्युसियममा राखिएको नेपाली सामुदायिक प्रदर्शनी बारेमा बिशेष जानकारी दिनु भै सलिना अमात्यको सारी प्रति समर्पित कविताबाट कार्यक्रम बिधिबत सुरु भएको थियो ।
कार्यक्रम संचालिका सागरिका श्रेष्ठले आफुले ६ वर्ष को हुँदा पहिलो पटक आमाको बिहेको सारी इही गर्दा लगाएको भाबुक क्षण स्मरण गरेकी थिईन् । कार्यक्रम सहभागीहरु प्रायः महिलाहरु (नेपाली तथा गैर नेपाली) सारी लगाएर उपस्थित भएका थिए ।
नेशनल युएस इंडिया चेम्बर अफ कमर्सका अध्यक्ष डा. पुर्णिमा वोरियाले सारी लगाउने कार्यशाला गैर नेपाली महिलाहरु माझ निकै रोचक भएको बताउनु भएको थियो । सो कार्यशाला पछि सबै जनाले आफुले लगाएको सारी फ़ेशन शो गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण नेपाली महिलाहरुको सारी फ़ेशन शो जसमा नेपाली संस्कृतिमा विभिन्न चरणमा सारी लगाउने प्रचरण को बिशेष कथा रहेको थियो । ७ बर्षीय सारा श्रेष्ठको हाकु पटासी पहिरनदेखि अवानी महर्जनको गुफाको सारी, आर्याना अमात्यको गुन्यु चोलो, सबिशा श्रेष्ठको नेपाली दुलही पहिरन, सुभच्छा श्रेष्ठले आफ्नो आमाको आदर स्वरुप वहाँ को पहिलो काम शुरु गर्दाको पहिलो सारी, सरिना श्रेष्ठले आफ्नो फुफुको ५० वर्षा अगाडिको हन्द्लूम सारी, सुमना श्रेष्ठले नेपाली ढाका सारी, प्रकृति जोशीले आमाले बिहे गरेर पहिलो तीजमा उपहार स्वरुप दिनु भएको सारी, आकृति खड्काले नेवाः हाकु पटासी सारी, प्रितिना श्रेष्ठ, सलोमी महर्जन, उषा अधिकारी ले पार्टीमा लगाउने सारी तथा कार्यक्रमको प्रमुख आकर्षण ८४ बर्षिय हजुर आमा, मिना पौडेल जसले आफुले भिरेको ओक्सिजन पाइप झिकेर स्टेजमा आउनु भएको थियो र मनि मास्केको “फुल बुट्टे सारी” गीतमा दर्शकहरु मज्जा मानी झुम्मिएका थिए ।
प्रतिक्रिया दिनुहोस्