–आरसी रिजाल–
पिताको मृत्युको एकबर्षपछि छोराले आमा तपाईलाई यो घरमा बस्दा बुबाको याद आइरहने अनि बुहारीको करकरले दिक्क लाग्ने ठानेर हिजो महिले तपाईं जस्ता आमाहरू भएको ठाउँमा बस्ने व्यवस्था मिलाएर आएको छु । तपाईंलाई गफ गरेर दिन काट्न र पीडा आदानप्रदान गर्न साथीहरू पनि हुन्छ्न् ।तपाईंको मायाले मलाई बेलाबेलामा तानिहाल्छ भन्दै फुसल्यायो ।
छोरा बुबाको तिथिको दिन पितृप्रसाद र आमाको मुखहेर्ने दिन थोरै मिठाइ लिएर भेट्न जान्थ्यो ।आमा भने छोरा महिना महिनामा दिनमा आइदियोस् र मोबाइलमा नातिनातिका अनुहार देखाईदियोस भन्ने ठान्थिन् । तर व्यक्त गर्न शक्तिन थिन ।
एकदिन बृध्दाश्रमबाट छोरालाई फोन आयो– आमाको अवस्था नाजुग छ । तपाईंको नाम उच्चारण गरिरहेकी छिन् । माया लागे चाँडै भेट्न आउनु होला।
छोरा आश्रम पुगेर– आमा के भयो ? आमा– तेरो बुबालाई भेट्न जाने बेलाभयो बाबू । अहिलेसम्म तिमीसंग मैले केही कुरा मागेकी थिइन् । आज ३–४ चिज माग गर्छु, मेरो ईच्छा पूरा गर्दिन्छौ ?
छोरा– जानेबेला के पो त माग्लिन ठानेर– हुन्छ हजुरको ईच्छा म पूरा गर्छु भन्यो ।
आमा– बाबू यो आश्रममा झुल, पंखा, दरि, हिटर, फ्रीज ल्याएर राख्देउन् ।
छोरा– यत्रो बर्ष तपाईंले यत्तिकै बिताउन भयो ।अब भगवानको शरणमा जानेबेला यो आश्रमप्रती किन यत्रो मोह ? पैसा पनि त हुनपर्यो आमा ।
आमा– बाबू सामन सबै तेरो पैसाले किन्न पर्दैन ।यत्रो बर्ष मैले बत्ती कातेर बिक्री गरेकी पैसा जोगाएर तकियाको खोलभित्र राखेकी छु । नपुगेमा मात्र तिमीले थप्ने हो । मैले जाडो, गर्मी खपेर बासी खाना खाएर चिसो भुइँमा हिँडेर कष्टकर जीवन गुजारेँ । कमसेकम मैले जस्तै भोलि आउने बुढाबुढीले पीडा सहन नपरोस् ।
अर्को कुरा बाबु संस्कारको सिको पनि हुनसक्छ । भबिस्यमा नातीले तिमीलाई यहि आश्रममा ल्यायो भने, मेरो जस्तो दुःखद अवस्था तिमले भोग्न नपरोस् । तिम्रो माया लागेर यति भनेकी हुँ भन्दै थिइन्, उनको हात छोराको काँधबाट बिस्तारै भुइँमा लत्र्यो ।आमाको हातमा छोराको आँसु तपतप खसे ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्