नेपाल । विगतमा रास्वपाले कारवाही गरेर निष्काशन गरेका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसद श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन् ।
गएको साउन ३ गते पोखरा २, बाग्लुङ बसपार्कमा पक्राउ परेका रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ स्थायी घर भई पोखरा ४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापामगरले दिया फार्मेसीबाट लागूऔषध किनेको बयान दिएका छन् । थापामगर ९७ ट्याब्लेट टुपेनसहित पक्राउ परेका थिए । सोही आधारमा पूर्व सांसद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हो ।
२०७९ को आमनिर्वाचनपछि डा श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. श्रेष्ठलाई सांसदबाट हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्