नेपाल । आगामी असोज १ र २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला हुने भएको छ ।
सह-महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने छन् ।
काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सांगठनिक प्रतिवेदन र सातै प्रदेशबाट आएका प्रदेश सभापतिहरुले पनि संक्षेपमा प्रतिवेदन पेश गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्