६ मंसिर २०८१, बिहीबार

न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको तयारी पूरा, कलाकारहरुको भव्य जमघट

कोलोराडोखबर संवाददाता , September 13th, 2024

न्यूयोर्क (अमेरिका) । अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी पूरा भएको छ ।

उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा भव्यताका साथ हुन लागेको हो । कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरु न्यूयोर्क पुग्ने क्रम शुरु भएको छ । न्यूयोर्क क्षेत्रमा यतिबेला नेपाली चलचित्रको माहौल तातेको छ ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।

नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् ।

साथै त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रहने छ । कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा १०० देखि १५० जनासम्म कलाकारहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरु माझ उक्त अवार्ड कार्यक्रम सम्पन्न हुने त्रिवेणी इन्टरटेनमेन्ट यूएसएका नवराज केसीले बताए ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

यो पटक एटिए एभरेष्ट ग्रुपको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनी तथा Rashmi Couture डिजाइनको सह-प्रयोजन रहेको छ । www.coloradokhabar.com पनि उक्त कार्यक्रमको मिडिया पार्टनर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड हुँदै, तयारी अन्तिम चरणमा

अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र

अमेरिकाको न्यूयोर्कमा १५ सेप्टेम्बरमा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै

प्रतिक्रिया दिनुहोस्