८ माघ २०८१, मंगलवार

पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

कोलोराडोखबर संवाददाता , December 15th, 2023

नेपाल । उच्च अदालत पाटनले सात महिनादेखि थुनामा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आरोपमा काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका खाणलाई उच्च अदालतले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो ।

खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्नू भन्ने उच्च अदालतका न्यायाधीश जनक पाण्डेले मंसिर १५ मा दिएको रायका पक्षमा बिहीबार तेस्रो न्यायाधीशबाट आदेश आएपछि उनी छुट्ने भएका हुन् । खाणलाई छाड्नु भन्ने पाण्डेको रायमा आफू सहमत हुन नसकेको भन्दै न्यायाधीश प्रकाश खरेलले मंसिर १५ मा फरक राय दिएका थिए ।

अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरी करोडौं रकम संगठित रूपमा असुलेको अभियोगमा सरकारले पूर्वगृहमन्त्रीद्वय खाण र टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा गत जेठ १० मा संगठित अपराधसहित किर्ते र ठगीमा मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्