११ आश्विन २०८१, शुक्रबार

भारतका कम्युनिष्ट नेता सिताराम येचुरीको निधन

कोलोराडोखबर संवाददाता , September 13th, 2024

नेपाल । बिहीबार ७२ वर्षको उमेरमा भारतका चर्चित कम्युनिष्ट नेता सिताराम येचुरीको निधन भएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको दीर्घ रोगको कारण मृत्यु भएको हो ।

भारतको एम्स अस्पतालमा श्वासप्रश्वास समस्याले थलिएर पुगेका उनको निधन भएको हो । सन् २०१५ बाट भारतीय कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका येचुरीले नेपालको शान्ति प्रकृयाको क्रममा नेपाली दलहरूसँगको भारतीय संस्थापनको समन्वय गर्न पनि भूमिका खेलेका थिए ।

उनले पटक–पटक नेपालको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्