नेपाल । कलाकार सुलेमान शंकर ‘इकु’ पक्राउ परेका छन् ।
कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
४० वर्षीय इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ ।
प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालिका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए ।
कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्