नेपाल । नेपालमा मंगलबार पनि नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २ हजार ६३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।
३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटक खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको हो ।
मंगलबारको कारोबार रकम पछिल्लो करिब २ महिनायताकै न्यून हो ।
प्रतिक्रिया दिनुहोस्