११ आश्विन २०८१, शुक्रबार

डोनाल्ड टस्क पोल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त

कोलोराडोखबर संवाददाता , December 15th, 2023

एजेन्सी । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथग्रहण गरेका छन् । डोनाल्ड टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् ।

टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्