११ आश्विन २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

कोलोराडोखबर संवाददाता , December 14th, 2023

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर कडा आलोचना गरेका छन् ।

वासिङ्टनमा कोष सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गरे ।

यसअघि हमासले अक्टोबर ७ मा आक्रमण सुरु गरेदेखि नै इजरायललाई पूर्ण समर्थन गर्दै आएका राष्ट्रपति बाइडेनको पछिल्लो टिप्पणीलाई लिएर धेरैले आश्चर्य मानेका छन् । तर उनले अमेरिका अहिले पनि इजरायलको साथमै रहेको दोहोर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्