६ मंसिर २०८१, बिहीबार

सरकारले औपचारिकरुपमै हटायो प्रतिबन्ध, नेपालमा चल्न थाल्यो टिकटक

कोलोराडोखबर संवाददाता , September 7th, 2024

नेपाल । शुक्रबारदेखि सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारले टिकटकका प्रतिनिधिहरुलाई विभिन्न शर्त राखेको थियो । सरकारले राखेको उक्त शर्तहरु परिपालना गर्न टिकटक सहमत भएसँगै गत भदौ ६ गते मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्