९ मंसिर २०८१, आईतवार

कविताः बुबा (बा)

कोलोराडोखबर संवाददाता , September 7th, 2024

–लक्ष्मी ‘रेशमी’–

बा…
म भित्र छन्
मेरा आँखाको नानीमा
हातका शीपहरुमा
खुट्टाका हरेक चालमा
ओठको मुस्कानमा
मन भित्रको पिडामा
मस्तिष्कको सोचमा
मुटुको हरेक स्पन्दनमा
मैले फेर्ने सुस्केराहरुमा
शरीरभरि नशा नदीमा
हड्डीका हरेक टुक्राहरुमा
मैले गर्ने हरेक मेहनतमा ।

बा…
तिमी भएर म बनेको
हरेक पटक ऐना हेर्दा
म आफुललाई भन्दा पहिला
तिमीलाइ देख्छु, महशुस गर्छु
कुनै पल र दिन छैन
तिमी बिना म, म भएको
त्यसैले बा…
आफुलाइ बिर्सेँ भने मात्र
म तिमीलाइ सम्झनेछैन…।

–चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्