११ मंसिर २०८१, मंगलवार

नेपाली शेयर बजार १२.१० अंकले घट्यो

कोलोराडोखबर संवाददाता , September 6th, 2024

नेपाल । बिहीवार पनि नेपालमा शेयर कारोबार मापक नेप्से परिसूचक घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १२ दशमलव १० अंकले घटेर २ हजार ७२७ दशमलव ३६ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा दुई उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँ मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्