११ आश्विन २०८१, शुक्रबार

अमेरिकाको जर्जियामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , September 5th, 2024

अमेरिका । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ ।

विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् ।

आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् ।

गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएको छ । उनले गोली हान्नुको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्