११ आश्विन २०८१, शुक्रबार

अमेरिकामा नेपाली विधार्थी मुना पाण्डेको हत्याका आरोपी साहको धरौटी अस्वीकार

कोलोराडोखबर संवाददाता , September 4th, 2024

अमेरिका । अमेरिकामा नेपाली बिधार्थी मुना पाण्डेका हत्याका आरोपी ५१ वर्षीय बबि सिंह साहको धरौटी अस्वीकार भएको छ ।

अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा गत सोमबार २१ बर्षिय पाण्डेको गोली प्रहारबाट हत्या भएको थियो ।

साह टेक्ससको ह्युस्टन अदालतमा सेप्टेम्बर ३ मंगलबारका पहिलो पटक हाजिर भएका थिए ।

सरकारी वकिलहरूले डिसेम्बरमा अर्को सुनुवाइ नभएसम्म साहको जमानत अस्वीकार गर्न अनुरोध गरेका थिए ।

मुना पाण्डेलाई उनको आवासगृह भित्र बन्दुकको गोली लागेको थियो । त्यहाँ उपचारमा आएका स्वास्थ्यकर्मीहरुले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या

टेक्ससमा नेपाली बिद्यार्थी मुना पाण्डेको हत्याका आरोपी बबी सिंह शाह पक्राउ

प्रतिक्रिया दिनुहोस्