नेपाल । नेपालीहरुको महान् चाड दशैं पर्व नजिकिएसँगै नेपालमा नयाँ नोटको चर्चा हुन थालेको छ । विगतमा राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिने गरेको थियो । यसवर्ष के गर्ला भन्ने कौतुहल हुनु स्वभाविक हो ।
यसैक्रममा नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने जनाएको छ । यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
दशैँका लागि ५, १० २०, ५० र १०० का नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यो पटक यसैअनुसार सटहीको सुविधा दिने छ । यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सटही गर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्