नेपाल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई अबदेखि सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्नुपर्ने परिपत्र गरेको छ ।
मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि ओपीडी सञ्चालन गर्न सवै सरकारी अस्पताललाई पत्राचार गरेको हो ।
स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्