कोलोराडो । अमेरिकाको कोलोराडोस्थित सक्रिय नेपाली संस्थाहरुका प्रतिनिधिले सामाजिक सञ्जालहरुमा कसैको चरित्रहत्या गर्ने, आत्मसम्मानमा चोट पुर्याउने सामाग्रीहरु सम्प्रेषण नगर्न अपील गरेका छन् ।
कोलोराडोस्थित नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, एनआरएनए कोलोराडो च्याप्टर, दिदीबहिनी समूह कोलोराडो, कोलोराडो नेवाः खलः, तमु धिं कोलोराडो, मगर संघ अमेरिका कोलोराडो र अनेसास कोलोराडोका अध्यक्षहरुले संयुक्तरुपमा यस्तो अपील गरेका हुन् ।
सामाजिक सञ्जालहरुमा आफ्ना विचार प्रकट गर्दा सभ्य र मर्दादित भाषाको प्रयोग गर्न, आपसी मतभेदहरुलाई संवादकै माध्यमबाट हल गर्न र कसैलाई निराधार दोषारोपण नगर्नका लागि विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्