नेपाल । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । मूल्य बढेर हालसम्मकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मङ्गलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।
मङ्गलबार प्रतितोला १ लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्