-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कृष्ण जन्म अष्टमीको पावन अवशरमा कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घर लगायत बिभिन्न मन्दिरहरूमा पुजा आरती, भजन कृतन तथा प्रवचनसंगै भब्यरूपमा जन्म अष्टमी मनाइएको छ ।
कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको आयोजनामा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, कृष्ण मन्दिर डेनभर, सनातन मन्दिर सेन्टेनियल लगायतका स्थानमा पुजा आरती, भजन कृतन तथा प्रवचन गर्दै भव्यताका साथ कृष्ण जन्म अष्टमी मनाइएको हो ।
सोमबार सांझ ६ बजे देखि राती ९ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित पुजा आरती, भजन कृतन तथा प्रवचन कार्यक्रमा पंण्डित जिवन बराल गुरूले सुमधुर भक्तिसंगित संगै कृष्णले कसरी कुन परिस्थितीमा पृथ्वी जन्म लिनु भएको थियो भन्ने कथा उपस्थित भक्त श्रद्दालु माझ प्रष्टाउनु भएको थियो । त्यसैगरी भजन समूहका संयोजक यमप्रसाद पौडेलको संयोजन आएको भजन समुह र महिला दिदीबहिनी समुहले भजन कृतनमा गुरूलाइ सघाएका थिए ।
नेपाली भाषी संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, समाजसेवी तथा नेपाली भाषी आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुको सहभागीता रहेको कार्यक्रममा १३ बर्षिय प्रेयांका श्रेष्ठले आफ्नो जन्मोत्वसवको उपलक्ष्यमा आफुले पिगी बैंकमा जम्मा गरेको १ सय १३ डलर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ नेपाली घरका अध्यक्ष बसन्त लम्साललाई हस्तान्तरण गरेकी थिईन् ।
त्यसैगरी रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका उपाध्यक्ष तथा समाजसेवी बिकास त्रिपाठी तथा ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले १६ बर्ष अगाडि आफुहरु कृष्ण अष्टमीकै दिन अमेरिका आइपुगेका थियौ भन्दै नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ थप ५ सय ५ डलर सहयोग अध्यक्ष लम्साललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको अन्त्यमा नेपाली घरका अध्यक्ष बसन्त लम्सालले कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्