११ आश्विन २०८१, शुक्रबार

अमेरिकाको ह्युस्टनमा नेपाली युवतीको गोली हानी हत्या

कोलोराडोखबर संवाददाता , August 28th, 2024

अमेरिका । अमेरिकामा फेरि दुःखद् घटना भएको छ । यहाँ एक २१ वर्षीय नेपाली युवतीको गोली हानी हत्या गरिएको हो ।

सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । ​

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् ।

केही समयदेखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ । भिडियोमा मुनालाई तीनवटा गोली हानिएको देखिन्छ ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्