११ आश्विन २०८१, शुक्रबार

बिना भिसा अमेरिका छिर्न लागेका ६० भन्दा बढी नेपाली ब्राजिलमा अलपत्र

कोलोराडोखबर संवाददाता , August 27th, 2024

अमेरिका । भिसा बिनानैअमेरिका छिर्न भन्दै दलालको उक्साहटमा ब्राजिल पुगेका ६० भन्दा बढी नेपाली अलपत्र परेका छन ।

तेस्रो मुलुकलाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका नेपालीहरुलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा ६० भन्दा बढी नेपाली अलपत्र परेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार एकसाता अगाडि कम्तीमा ५० जना नेपाली विनाभिसा ब्राजिल प्रवेश गर्न खोज्दा रोकिएको जानकारी प्राप्त भएको र अहिले उक्त संख्या ६० नाघेको छ ।

नेपालीहरुले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेश्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विनाभिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन् ।

पहिलेदेखि नै यो क्रम रहेको र अहिले संख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । –एजेन्सीहरुबाट

प्रतिक्रिया दिनुहोस्