११ मंसिर २०८१, मंगलवार

नेपाली शेयर बजारमा भारी गिरावट

कोलोराडोखबर संवाददाता , August 26th, 2024

नेपाल । नेपाली शेयर बजारमा आइतबार भारी गिरावट आएको छ । नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको हो ।

३३३ कम्पनीको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यको खरिद बिक्री भयो ।

आइतबार कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्रि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्