नेपाल । नेपाली कांग्रेसको मुखपत्र मुखपत्र नेपाल पुकार लामो समयपछि प्रकाशन शुरु भएको छ ।
कार्यक्रममा महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताए । कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गर्दै महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए ।
सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे । उनले भने, ‘कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन् ?’
प्रतिक्रिया दिनुहोस्