७ मंसिर २०८१, शुक्रबार

कोलोराडोस्थित नेपाली भाषा पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न

कोलोराडोखबर संवाददाता , August 25th, 2024

कोलोराडो । नेपाली भाषा पाठशाला नर्थग्लेन दीक्षान्त समारोह २०२४ सम्पन्न भएको छ ।

अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा विधार्थीहरु र शिक्षकहरुले नेपाली राष्ट्रिय गान गाएका थिए भने अमेरिकन राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रममा उपस्थितिहरुका लागि सेनुप्रसाद तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

स्वयंसेवकहरू मान्यता रूपाखेती, विभूती अधिकारी, गीता केसी, विभोर अधिकारी, आँचल सापकोटा, अनिषा भट्टराई, विनिता अधिकारी र सुस्मा पौडेललाई अनेसास कोलोराडो च्याप्टरका उपाध्यक्ष विजयदेव अधिकारीले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

पाठशालामा नियमित उपस्थित हुने विद्यार्थीहरू तराई कक्षाका रितुल शाह, सौभाग्य गौतम, प्रान्जीला खड्का, सुहानी राहुत, पहाड कक्षाका परि श्रेष्ठ,आश्रिता कटुवाल, ऋतिक रावल, अन्जन थापा, आरती कटवाल र हिमाल कक्षाका प्रियंका श्रेष्ठ, रुसिल रेग्मी तथा रचित रेग्मीलाई अनेसास कोषाध्यक्ष सेनुप्रसाद तिवारीले पुरस्कार वितरण गर्नु भएको थियो ।

त्यसैगरी शिक्षकहरू तराई कक्षाका धन पौडेल, रन्जु आचार्य, पहाड कक्षाका सिता सापकोटा, गीता भुसाल र हिमाल कक्षाका हरिभक्त आचार्य तथा प्रतिभा शर्मालाई कार्यक्रममा अध्यक्ष राजु सिटौला, नारायण श्रेष्ठ र बसन्त लम्सालबाट स-धन्यवादसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

पाठशालाका विधार्थीहरुबाट सामुहिक प्रस्तुती गरिएको थियो । विद्यार्थीहरूलाई दीक्षान्त प्रमाणपत्र तथा टोपी वितरण गरिएको थियो ।

साथै अनेसास कोलोराडो शाखाद्वारा संचालित नेपाली भाषा पाठशालाको सहयोगार्थ ३००० डलरको सहयोग प्रदान गर्नु भएकोमा हेल्पिङ ह्यान्ड युएसएका प्रेसिडेन्ट, अनेसास ट्रस्टी तथा अनेसास कोलोराडो शाखा विशेष परिषद सदस्य नारायण श्रेष्ठ तथा नेपाली भाषा पाठशालाको लागि गोफन्ड अभियानबाट संकलित ३१४६ डलर हस्तान्तरण गर्नुभएकोमा नेपाली घर कोलोराडोका अध्यक्ष वसन्त लम्साललाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रम नेपाली घरमा दिउँसो १ बजेदेखि ३ बजेसमम सञ्चालन भएको थियो । कार्यक्रममा १०० भन्दा धेरै अभिभावक विद्यार्थी स्वयंसेवक तथा शुभचिन्तकहरूको उपस्थिति रहेको अनेसास सचिव लालप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्