कोलोराडो । सिटी अफ अरोरा, अफिस अफ इन्टरनेशनल एण्ड इमिग्रेन्ट अफेर्सले हरेक वर्ष ‘अरोरा ग्लोबल फेस्ट’ आयोजना गर्छ ।
उक्त कार्यक्रम एकहप्ता भरी सञ्चालन हुन्छ । उक्त अवसरमा यस वर्षको ‘ग्लोबल लिडर्स अवार्ड २०२४’ बाट कोलोराडो नेपलीज कम्युनिटीकी फाउन्डर तथा सीइओ बिनिशा श्रेष्ठ सम्मानित हुनु भएको छ । सिटीसंगको सहकार्यमा नेपाली भाषा, संस्कृति, इतिहास, रहनसहनबारे बिशेष प्रबर्दन गर्नु भएको कदर स्वरुप उहाँलाई सो अवार्ड प्रदान गरिएको हो ।
यस बर्ष ग्वाटेमालाको सरकारले ग्लोबल फेस्टको होस्ट गरेको थियो । जसमा ग्वाटेमालाको संगीत, संस्कृति, खानपिन र ग्वाटेमालाका लागि कन्सुलेटMoramay Godoy Escobedo ले बिशेष सम्बोधन गरि उपहार आदान प्रदान पनि गर्नु भएको थियो ।
अवार्ड पाएकी बिनिशा श्रेष्ठले हाल प्रदर्शनीमा रहेको ‘मोजेक अफ कलचरः नेपाली सामुदायिक प्रदर्शनी’ का बारेमा अरोरा म्युनिसिपल परिस मा बिस्तृत जानकारी तथा अबलोकन गराउनु भएको थियो ।
उक्त प्रदर्शनी हाल १ बर्षलाई अरोरा हिस्ट्री म्युजियममा राखिने र सिटी अफ अरोरा, अफिस अफ इन्टरनेशनल एण्ड इमिग्रन्ट अफेर्सको सहकार्यमा सम्भव भएको भनि धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
नेपाली भाषा, संस्कृति, इतिहास, रहनसहनबारे संग्रहालयमा बिशेष प्रदर्शन गरिएको छ । यो बर्ष भरि सिटी अफ अरोराको बिशेष सहकार्यमा नेपालसित सम्बन्धित विभिन्न कार्यक्रम गरिने पनि जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्