–आर.आर. चौलागाईं–
भित्ताको पनि कान हुन्छ यो कुरा बुझिराख
गरीबको पनि मान हुन्छ यो कुरा बुझिराख ।
सडकछाप हुन् भनेर घोचो नहान हामीलाई
निर्धनको पनि गान हुन्छ यो कुरा बुझिराख ।
कैलेकाहीँ फलामको डोरीले राम्रो काम गर्दैन
परालको पनि तान हुन्छ यो कुरा बुझिराख ।
जब कुनै दिन तिमीहरू झर्छौ नि माथिबाट
मेरो पनि ठूलो सान हुन्छ यो कुरा बुझिराख ।
घट्टमा मानिसहरू धानमात्रै कुट्न जाँदैनन्
कोदाको पनि घान हुन्छ यो कुरा बुझिराख ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्