अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरबाट जूलाई ३१ देखि हराईरहेकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टका श्रीमान् नरेश भट्टलाई शुक्रबार विलियम काउन्टी अदालतमा हाजिर गराइएको छ ।
अभियोजकहरुले भट्टलाई आफ्नी पत्नीको हत्या गरेको आरोप लगाउँदै ममताको शरीरलाई घिसारेको आरोप लगाएका छन् । न्यायाधीशले शुक्रबार नरेशलाई रिहा गर्न अस्वीकार गरे र उनी हिरासतमा रहेका छन्। उनको प्रारम्भिक सुनुवाइ अक्टोबर २४ मा हुने भएको छ ।
उनलाई बिहीबार बिहान स्थानीय प्रहरीले पक्राउ गरेको थियो । उनलाई प्रहरीले शंकाष्पद भन्दै निगरानीमा राखेको थियो । बुधबार घर खानतलासी गरेको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
करीब १ वर्ष छोरीलाई प्रहरीले आफूहरुसँगै लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
ममता सम्पर्कविहीन भएपछि ममताको खोजीका लागि मनासस पार्क प्रहरी चौकी अगाडि सबै समुदायका व्यक्तिहरु, ममताका साथीहरु, स्वास्थ्यकर्मी, शुभचिन्तक, बिभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरुले दवाव सिर्जना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्