११ आश्विन २०८१, शुक्रबार

एनआरएनएका उपमहासचिव सोम सापकोटाले लिए सपथ

कोलोराडोखबर संवाददाता , August 24th, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव सोम सापकोटाले सपथ ग्रहण गरेका छन् ।

गत अक्टोबर महिनामा उपमहासचिव निर्वाचित भएका सापकोटाले शुक्रवार संघको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सपथ लिएका हुन् ।

उनले संघको विधान बमोजिम अध्यक्ष डा. बद्री केसीसँग सपथ लिए ।

सापकोटाले गैरआवासीय नेपाली संघभित्र एकता अपरिहार्य रहेको बताउँदै सर्वोच्च अदालतको फैसलालाई सबै पक्षले मानेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्