८ माघ २०८१, मंगलवार

सोमबार बालाचतुर्दशी पर्व, पशुपतिनाथ परिसरमा बाक्लिए भक्तजन

कोलोराडोखबर संवाददाता , December 10th, 2023

नेपाल । राजधानी काठमाडौं स्थित पशुपतिनाथ क्षेत्रमा भक्तजनहरुको संख्या बाक्लिएको छ । बालाचतुर्दशी पर्वका लागि भक्तजनहरुको पशुपतिनाथ क्षेत्रमा बाक्लिएको हुन् ।

यसवर्ष बालाचतुर्दशी पर्व सोमबार परेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्न चलन रहिआएको छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ ।

पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णदानसरह हुने, दिवङ्गत पितृले संसारमा भड्किनु नपर्ने विश्वाससहित पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्