७ मंसिर २०८१, शुक्रबार

डा. वाग्लेद्वारा अरोरा हिस्ट्री म्युजियममा नेपाली सामुदायिक प्रदर्शनीको अवलोकन (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , August 23rd, 2024

कोलोराडो । अमेरिका निवासी नेपालीहरुलाई सम्बोधन गर्ने क्रममा कोलोराडो आइ पुग्नु भएका वरिष्ठ अर्थविद्, सांसद तथा रास्वपा उपसभापति डा. स्वोर्निम वाग्लेले ‘मोजेक अफ कल्चरः नेपाली सामुदायिक प्रदर्शनी’ को अवलोकन गर्नु भएको छ ।

सोही भ्रमणको क्रममा कोलोराडो नेप्लिज कम्युनिटीका फाउण्डर तथा सीईओ बिनिशा श्रेष्ठले हाल प्रदर्शनीमा रहेको प्रदर्शनीका बारेमा अरोरा हिस्ट्री म्युजियममा बिस्तृत जानकारी गराउनु भएको थियो ।

उक्त प्रदर्शनी हाल १ बर्षलाई सो संग्रहालयमा राखिने र सिटी अफ अरोरा, अफिस अफ इन्टरनासोनल एण्ड इम्मीग्रेन्ट अफेर्सको सहकार्यमा सम्भव भएको पनि जानकारी दिनु भएको थियो ।

नेपाली भाषा, संस्कृति, इतिहास, रहनसहनबारे संग्रहालयमा बिशेष प्रदर्शन गरिएको छ । यो बर्ष भरि सिटी अफ अरोराको बिशेष सहकार्यमा नेपालसित सम्बन्धित विभिन्न कार्यक्रम गरिने पनि जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्