नेपाल । गत वर्षको कात्तिक महिनादेखि नेपालमा बन्द गरिएको टिकटक सरकारले खुलाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक चलाउन लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।
तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, नेपालमा भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।
प्रतिक्रिया दिनुहोस्